९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


प्रधानमन्त्री देउवाले मलाई दुवै हात जोडेर नमस्कार फर्काउनु हुन्छ : सासंद नवराज सिलवाल



ललितपुर खबर
२८ फागुन ०७८, चापागाँउ । सासंद नवराज सिलवालले प्रधानमन्त्री शेर बहादुर देउवासँग आफ्नो राम्रो सम्बन्ध रहेका बताएका छन् ।
ललितपुरको बज्रवाराहीमा आयोजित गोदावरी नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नं.१ का सासंद सिलवालले आफूले नमस्कार गर्दा प्रधानमन्त्रीले दुवै हात जाडेर नमस्कार फर्काउने गरेको बताए । उनले भने, हाम्रो भेट बारम्बार संसदमा हुन्छ ।


कार्यक्रममा सहभागीले प्रधानमन्त्रीसँग तपाईको जम्दैन नि भनेर गरेको प्रश्नको जवाफ दिने क्रममा सासंद सिलवालले जटिल परिस्थितीमा प्रधानमन्त्रीले नेतृत्व गरेको बताए ।
अघिल्लो संघीय संसदको निर्वाचनअघि नेपाल प्रहरीको डिआइजि रहेका सासंद सिलवाललाई आइजिपि बनाउने विषयमा लामो समय विवाद भएको थियो । विवाद अदालतसम्म पुगेपछि सासंद सिलवाल र प्रधानमन्त्री देउवाबीच सम्बन्ध खटपट भएको आकलन गरिएको थियो ।
सिलवाल २०७४ सालमा संघीय संसदको छेको पारेर नेकपा एमालेमा प्रवेश गरेका थिए । तत्कालीन एमाले अध्यक्ष केपी ओलिले चापागाँउमा आयोजित आम सभामा सासंद सिलवाललाई जिताएर पठाउन आह्वान गर्दै मन्त्रीको विल्ला भिराउने आश्वासन दिएका थिए । यद्यपी सासंद सिलवाल मन्त्री भने भएनन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : ११ बजे