११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको गोफः टोलमा ज्यापू समाजको सामुदायिक भवन उद्घाटन




२९ फागुन ०७८, काठमाडौं । गोफः त्वाः माकः गल्ली ज्यापू समाजको सामुदायिक भवन उद्घाटन गरिएको छ । शनिबार महानगरका मेयर विद्यासुन्दर शाक्यले पुननिर्मित भवनको उद्घाटन गरेका हुन् । करीब ६४ लाख रुपैयाँ लागतमा निर्माण भएको भवन साढे ६ तलाको छ । कुल लागतमा १५ प्रतिशत खर्च उपभोक्ताकाले व्यहारेका छन् ।
सामुदायिक भवनमा परम्परागत बाजा राख्ने, प्रशिक्षण गर्नेलगायत सामाजिक र सांस्कृतिक क्रियाकलाप हुनेछन् ।
भवन उद्घाटनपछि बोल्दै मेयर शाक्यले, जनताले महानगरसँग गरेका अपेक्षा पूरा गराउन आफू प्रयासरत रहेको बताए । उनले भने, ‘आँग छेँः, त्वा छेँःजस्ता भौतिक संरचनाहरुले काठमाडौँको सांस्कृतिक, धार्मिक चालचलनको निरन्तरताका जग हुन् । गुठीयारहरुलाई परम्परा धान्न चाहिने यस्ता संरचना पुननिर्माण कार्यलाई प्राथमिकता दिएका छौँ । २०७२ सालको भूकम्पले संरचना जीर्ण भएपछि खिन्न भएका गुठीयारहरुको मुहारमा खुशी देखेको छु । यसले हामीलाई पनि सन्तुष्टि दिएको छ ।’
सम्पदा र संस्कृतिसँग सम्बन्धित जात्रा, पर्व, संस्कार, तथा चालचलनलाई जोगाउनु महानगरको दायित्व भएको यो विषय राजनीतिभन्दा माथिको विषय रहेको उनको भनाई छ । उद्घाटन अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘सम्पदा बचाउने र महानगर बनाउने काममा हामीले सर्वसम्मत निर्णय गरेर काम गरेका छौँ । यसबाट महानगरबासीमा लाभ पुग्न थालेको छ ।’
त्यस क्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, महामारीका कारण आफ्ना कार्यकालमा काम गर्न चुनौती रहेको बताउँदै जति काम भएको छ, त्यो सम्झना योग्य भएको धारणा राख्नुभयो ।
भवनको पुननिर्माणका लागि २०७७ साल मंसिर २६ गते मेयर शाक्यले शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।