११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनलाईनमार्फत ठगी आरोपमा भक्तपुर बस्ने गौतम पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१ चैत ०७८, काठमाडौं। सामाजिक संजाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी २९ लाख ४० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका- ४ घर भएका ३८ वर्षीय गान्दिप गौतमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई बिदेशी नागरिक बताउने डा.जोहान लोरेन्स नामक ब्यक्तिले सामाजिक संजाल फेसबुक वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भनी म्यासेज पठाएको केही समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पीडितलाई वाटसएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइएमईको माध्यमबाट उक्त रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न गौतमलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।