९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउबाट नक्कली नोटसहित युवक पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१ चैत्र ०७८, चापागाँउ । ललितपुरको चापागाँउबाट एक युवक नक्कली नोटहरु बोकेर हिडिरहेको अवस्थामा पक्राउ परेका छन् ।
ललितपुर प्रहरी प्रवक्ता शिद्दि विक्रम शाहका अनुसार गत शुक्रबार राती झण्डै ११ बजेको समयमा चापागाँउको टाहाखेलमा नक्कली नोटहरु बोकेर हिडिरहेको अवस्थामा ललितपुरको वागमती गाउपालिका ४ स्थायी बसोबास गर्ने दिपक गौत्तम पक्राउ परेका हुन् ।
गौतमको साथबाट प्रहरीले रु १०००÷– को नक्कली नोट २ थान, भेटेपछि उनको झोला चेकजाँच गर्दा थप १३ थान रु १०००÷– र ३८ थान रु ५००÷– गरि नगद रु ३०,०००÷– नक्कली नोट फेला परेको प्रहरी प्रवक्ता शाहले जानकारी दिए ।
शाहका अनुसार गौतमको घर बाट रंगिन प्रीन्टर सहित नकाटिएको एक थान नक्कली नोट फेला परेको थियो । गौतम प्युटारमा सामान्य इलेक्ट्रोनिक पसल संचालन गरेर बस्दै आइरहेको थिए । निज गौतम लाई हाल माहानगरिय प्रहरी प्रभाग चापागाउमा थप सात दिन म्याद थप गरि अनुसन्धानका लागि राखिएको छ । कसुर ठहर भएमा मुद्रा सम्बन्धी कसुर अनुसार १० बर्ष सम्म कैद सजाय हुन सक्ने ब्यबस्था रहेको छ।

पक्राउ परेका गौतम नेपाली कांग्रेसको संगठन तरुण दलका बागमती गाउँपालिका ४ का वडा कमिटी सचिव समेत हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ५६ बजे