११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा मापसे चेकिङ, १३ सय ट्राफिक परिचालन गरिने




२ चैत ०७८, काठमाडौं । काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा मनाइने होलीलाई दुर्घटनारहित बनाउन बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन हुने भएका छन्।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा १ हजार ३ सय ट्राफिक प्रहरी परिचालन गर्ने योजना महानगरीय ट्राफिक प्रहरी महाशाखाले बनाएको छ। होलीका समयमा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चलाउने र दुर्घटनाको जोखिम बढी हुने भएकाले बिहानैदेखि बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले बताए।

महाशाखाले ६८ ठाउँमा चेक प्वाइन्ट राख्ने भएको छ। त्यहाँ मापसेदेखि सवारीको कागजपत्रलगायत चेक गरिनेछ। बिहानैदेखि मादक पदार्थ सेवन चेकिङ हुने एसपी शर्माले बताए। त्यस्तै, मोटरसाइकलमा दुई जना भन्दा बढी मानिस बोकेर हिँड्नेलाई पनि प्रहरीको निशानामा पर्नेछन्।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।