२ चैत ०७८, काठमाडौं । काठमाडौंको टोखामा चोरी भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका ८ बानियाटार गैरी गाउँ डेरा गरी बस्ने काभ्रे महाभारत गाउँपालिका ३ घर भएका ३२ वर्षीय दुर्खेस वाइबाको चोरी भएको हो । उनको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।
चोरी घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
३ चैत्र २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया