४ चैत ०७८, ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर देश समावेशी हुन नसक्ने बताएका छन् । आज शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचमा एकता ल्याउने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले बताए ।
पत्रकार गिरीश गिरीले लेखेका जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को आज एक कार्यक्रमका बीच ललितपुरमा लोकार्पण भएकाे हाे । याे पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफूले आफूलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए ।
प्रतिक्रिया