२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शंखमूलमा ललितपुरका युवकमाथि खुकुरी प्रहार, पाँच पक्राउ



१० चैत्र ०७८, ललितपुर । काठमाडौं शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । बुधबार काठमाडौं महानगरपालिका–३१ स्थित शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार भएको थियो ।
ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २५ वर्षीय सुरज खड्कामाथि आठ नौ जनाको समूहले खुकुरी प्रहार गरेको हो ।
खुकुरी प्रहारबाट खड्का गम्भीर घाइते थिए । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।

दोलखा नाम्दु गाउँपालिका–६ घर भई जडिबुटी बस्ने ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे गाउँपालिका–९ भई भक्तपुर बस्ने २३ वर्षीय प्रविन लामा, मन्थली नगरपालिका–१३ बस्ने १९ वर्षीय राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका–३ घर भई जडिबुटी बस्ने सञ्जिब मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
यस घटनामा प्रयोग भएका तीन वटा मोटरसाइकल समेत बरामद भएका छन्।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।