२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा डलर देखाएर ठगी, चोर भन्दै गाउँले कुटे, उपचारका क्रममा निधन



१३ चैत्र ०७८, भक्तपुर । भक्तपुरमा डलर देखाएर ठगी गर्ने एक युवकको कुटेर हत्या भएको छ । घटना होलीको अघिल्लो दिनको हो । भक्तपुर चाँगुनारायणमा ‘सस्तो मूल्यमा डलर साटिदिन्छौँ’ भनेर एकजना युवाले दुई जनालाई बोलाएका थिए ।

सोही लोभमा परि मकवानपुरका सुरेश न्यौपाने र कैलालीको गोदावरी नगरपालिका–२ घर भएका वीरेन्द्र बहादुर खड्का चाँगुनाराणस्थित हलखोरियामा गएका थिए ।

थोरै मूल्यमा धेरै डलर लिने भनेर उनीहरु ८ लाख रुपैयाँ लिएर गएका थिए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भएका रेशम बुढाथोकीले रुमालमा पोको बनाएको डलर उनीहरुलाई दिए । ८ लाख लिएर फटाफट हिँडिहाले । रेशमले दिएको पोको फुकाएर हेर्दा त्यहाँ डलर थिएन कि डलर आकारमा काटेर बाँधेको कागज थियो ।

चोर–चोर भन्दै उनीहरुले रेशमलाई लखेट्न थाले । गाउँलेहरुले ‘चोर’ आएको भन्ने ठाने । त्यसपछि सुरेश र वीरेन्द्र मिलेर उनलाई कुटे । निर्घात कुटेपछि गाउँलेले प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले कुटेर गम्भीर घाइते भएका रेशमलाई अस्पताल पठाए । कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

कुटपिटबाट गम्भीर घाइते भएका रेमश बुढाथोकीको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

सुरेश न्यौपाने र विरेन्द्र बहादुर खड्कालाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : १६ बजे