२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कांग्रेस सूर्यविनायकले बनायो पानीट्याङ्की टोल समिति




१५ चैत्र ०७८,भक्तपुर । सूर्यविनायक नगरपालिकाअन्तर्गत सिमानामा अवस्थित वडाहरु ३ र ४ को सिमाना केन्द्रबिन्दु बनाई नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठन भएको छ । स्थानीय प्रलाद सिलवासको सभापतित्वमा गठन भएको टोल कार्य समितिको उपसभापतिहरुमा श्री अमृत खत्री, श्री अनिष सिलवाल, सचिवहरुमा श्री गौतम खत्री, श्री साजन खत्री, सह–सचिवहरुमा श्री सुधाकर थापा, श्री शान्ता रानाभाट, कोषाध्यक्षमा श्रीमती मुना लुईटेल, सदस्यहरुमा श्री अरविन्द देवकोटा, श्री अभिशेषक सिल्वाल, श्री पुरुषौत्तम सिल्वाल, श्री पबिन के.सि., श्री सफल काफ्ले, श्री बिष्णुहरी खत्री र श्री रमेश खत्री सर्वसम्बत चयन भएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ३ नम्बर वडा समितिका सभापति श्री प्रभुभक्तमाडी श्रेष्ठ, नगर सभापति निशान ढुङगेल, जिल्ला प्रतिनिधि किरण थापा श्रेष्ठ, प्रदेश‘क’ का उपसभापति शशीकुमार न्यौपाने, नेपाली कांग्रेस जिल्ला सदस्य कविर राणा, नेपाली कांग्रेस जिल्ला सदस्य जिवन श्रेष्ठ, नेपाली कांग्रेस अग्रज नेता रामप्रसाद दवाडी लगायतको सहभागिता थियो ।
नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठन कार्यक्रममा वक्ताहरुले गाउँबाट नगर बनाउने अभियानको अभियन्ता नेपाली कांग्रेस नै भएको बताए । नेपाली कांग्रेसका स्थानीय जुझारु नेता बलराम सिलवाल, जसले सूर्यविनायक नगरपालिका ३ मा नयाँ रपुराना बस्तीका मतदाताहरुको मन जितेका छन्, उनले नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठनमा अत्यधिक सक्रियता देखाएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ५७ बजे