२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वरमा मोटरसाइकललाई टिपरले ठक्कर दियाे, दिदीबहिनीको मृत्यु, बाबु गम्भीर घाइते



१६ चैत ०७८, काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा आज (बुधबार) बिहान टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ।

स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बिहान ८:३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : ३७ बजे