८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु पछि तनावग्रस्त सुन्दरीजल, अश्रूग्याँस प्रहार



१६ चैत ०७८, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएपछि तनावको सिर्जना भएको छ ।

आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।

बुधबार विहान स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएको थियो ।बुबा रोहन घिसिङ गम्भीर घाइते भएका छन् ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।