११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न १५ जना पक्राउ




१७ चैत काठमाडौं । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न रहेको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ ।उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पु¥याएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।