२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर सैबुका चार दर्जन नेता कार्यकर्ता एमाले प्रवेश



१८ चैत्र ०७८, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ सैबुमा चार दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।  वि.सं २०४६ सालको जनआन्दोलनपछि पाटन मुक्त क्षेत्र घोषणा भएको दिन आज चार दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल लगायतले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

वडा नम्बर १८ मगरगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको एक नम्बरको पार्टी नेकपा एमालेमा दैनिक सयौँ नेता र कार्यकर्ता प्रवेश गर्न थालेको बताए । वैशाख ३० गते हुने निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि एक नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै उनले भने, ‘स्थानीय निर्वाचनमा दुई तिहाई बढी सिट ल्याएर विजयी हासिल गर्नेछ ।’

उनले पार्टी प्रवेशको लहर चलेपछि पाचदलीय गठबन्धन डराएको बताए । यो सरकारले स्थानीय निर्वाचन रोक्न सक्दो प्रयास गरेपनि एमालेको दबाबको कारण नरोकिएको बताए । ‘अब कसैले चाहेर पनि रोकिँदैन, तपाईहरु निर्वाचनको परिणाम आएर विजयी जुलुश ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस् ’ पूर्वमत्री समेत रहेका उपाध्यक्ष पौडेलले भने । उनले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाए ।

नेकपा एमाले महानगर कमिटिका इन्चार्ज मञ्जली शाक्यले मुलुकभर एमाले एक नम्बरको पार्टी हुने दाबी गर्दै त्यस सफलतको लागि आजैबाट ब्यापक प्रचारमा लाग्नुपर्ने बताए। कार्यक्रममा एमाले प्रदेश पुर्वमन्त्री एवं सांसद जीवन खड्का, एमाले वागमती प्रदेश सदस्य दामोदर खड्का र प्रदेश सदस्य अमृत खड्का, एमाले जिल्ला उपाध्यक्ष प्रेमभक्त महर्जनले ललितपुरको महानगरसहित सबै वडामा एमालेको जित सुनिश्चित भएको बताए ।

कार्यक्रममा १८ नम्बर निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । सोही कार्यक्रममा सातवटा टोल कमिटीका अध्यक्षसहित पदाधिकारी र सदस्यको सपथग्रहण गरिएको थियो । निर्वाचन लक्षित टोल कमिटी गठन भएपछि सोहीअनुसार प्रचार लगायत क्रियाकलाप हुनेछ ।

सातवटा टोल कमिटीको अध्यक्षहरुमा थानागाउका इन्द्रलाल महर्जन, जलविनायकका जितलाल श्रेष्ठ (गोपाल), पाखागाउँका अस्मिता बोगटी, बत्सलादेवीका अञ्जु थापा, मिलनबस्तीका लक्ष्मण कट्वाल, मगरगाउका राममणी गौतम र खड्का गाउँका राधेश्याम खड्का लगायतलाई जिल्ला इन्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य शुशिला नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । १८ नम्बर वडा कमिटीका अध्यक्ष गोपाल डंगोलका अध्यक्षतामा भएको कार्यक्रममा उनले आजैबाट पार्टी जिताउने अभियानमा लाग्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : १६ बजे