१७ कार्तिक २०८१, शनिबार | Sun Nov 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा गरे बिजुक्छेद्वारा कभर्ड हलको उद्घाटन



नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर नपा–८ लिबालीस्थित कभर्ड हलको आज उदघाटन गर्दै । तस्वि : रमेश गिरी\रासस

२० चैत्र ०७८, भक्तपुर । भक्तपुर नगर ८ लिबालीमा नवनिर्मित कभर्ड हलको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्क्षेले उद्घाटन गरेका छन्

भक्तपुर नगरपालिकाद्वारा निर्मित यस लिबाली कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर बासीले कूल लागत रु एक करोड दुई लाख ९७ हजार ९५ खर्च भएको बताए । भक्तपुर नगर ८ का वडाध्यक्ष महेन्द्र खायमलीले पाँच वर्षको अवधिमा करिब ८३ वटा योजना सम्पन्न गर्दै लिबाली क्षेत्रमा खानेपानी पाइपलाइन विस्तार गरेको छ ।
खेललाई शारीरिक अभ्यास रुपमा पनि लिन सकिने भन्दै उनले युग सुहाउँदो खेलकुदको विकास अहिलेको आवश्यकता पर्ने बताए । अध्यक्ष बिजुक्छेँले कृषि उत्पादन घट्दै जानु, विदेशबाट खाद्यान्न आयात वृद्धि हुँदै जाँदा देश आर्थिक सङ्कटतर्फ धकेलिँदै गएको बताएका छन् ।
बागमती प्रदेशसभा सदस्य सृजना सैँजुले प्रदेश सरकारमा व्याप्त विकृति विसङ्गति रहेको भन्दै सरकारले जनताका आधारभूत आवश्यकतासमेत पूरा नगर्ने तर भ्रष्ट ठेकेदारलाई लगाएर अर्थहीन भ्यू टावर निर्माणमा अर्बाैं रकम खर्च गरेको उल्लेख गरे ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको विकास निर्माणका गतिविधिमा उपभोक्ता मोडल सफल भएको भन्दै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर भक्तपुर नपाले नगरका २३ वटा ठाउँमा खुल्ला व्यायामशाला स्थापना गरेको जानकारी दिए । उनले शहीद स्मृति खेलमैदान र महेश्वरी खेलमैदानको स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको बताउँदै व्यक्तिको शारीरिक र मानसिक विकासका निम्ति खेलकुदको अत्यन्त ठूलो भूमिका रहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले खेलजगतबाट पनि देशको नाम विश्वमा उच्च राख्नुपर्ने बताएका छन् ।
उनले खेलकुदको विकासलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राख्न सके राष्ट्रिय खेलाडी जन्माएर देशको नाम उच्च राख्नुपर्ने बताए ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : २४ बजे