२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काष्ठमण्डप लोकार्पण गर्न लागिएको भन्दै मुद्दा दर्ता



२० चैत ०७८, काठमाडौं । काठमाडौं वसन्तपुरस्थित काष्ठमण्डपमा मूर्तिको विवादलाई लिएर सर्वोच्च अदातलमा मुद्दा दायर भएको छ ।
पुराना मूर्ति परिवर्तन गरी नयाँ मूर्ति राख्न सर्वोच्चले दिएको आदेशअनुसार काम नभई जबरजस्ति तरिकाले काष्ठमण्डप लोकार्पण गर्न लागिएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, हनुमान ढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दिप खनाल, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र काठमाडौं महानगरपालिका वडा नम्बर २० लाई विपक्षी बनाइएको छ ।

यसअघि काष्ठमण्डप पुनर्निर्माण समितिले पुराना मूर्ति परिवर्तन गरी नयाँ मूर्ति राखेको थियो । उक्त मूर्तिले विश्व सम्पदाको अस्तित्व संकटमा पर्ने र धार्मिक आस्था नरहने भन्दै सर्वोच्चले पुराना मूर्ति यथास्थितिमा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।