२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने



फाइल तस्विर

२३ चैत्र ०७८, काठमाडौं । आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् ।
कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिएका छन् । पशुपतिनाथको नाममा रहेका जग्गा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्री पशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् । तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् ।
पशुपतिनाथको गुठीले समेत चिनिने यी जग्गा दर्ता गर्ने विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग, नापी विभाग र मालपोत कार्यालयमा समेत पत्राचार गरी जानकारी गराइएको थापाले बताएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : ४५ बजे