२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरको सडक निर्माणमा ऐतिहासिक सफलताः मेयर महर्जन




२५ चैत ०७८ , ललितपुर । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुमकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको दाबी गरेका छन्।
मेयर महर्जनले पत्रकार सम्मेलन गर्दै आफू निर्वाचित भएर पाँच वर्षमा गरेका कामको विषयमा जानकारी दिनु दिए। उनले पाँच वर्षमा महानगरबाट पारित कूल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ बजेटमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुन मसान्तसम्म खर्च गरेको जानकारी दिए। यो अवधिमा महानगरपालिकाले ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन गरेको उनको भनाइ छ।
पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण सम्पन्न भएको भन्दै मेयर महर्जनले सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको बताए ।
उनका अनुसार महानगरभित्र वडास्तरीय तथा नगरस्तरी गरी सात हजार पाँच सय विकास आयोजनाहरू सम्पन्न भएका छन्। महानगरका चार वटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान गरेको भन्दै मेयर महर्जनले निर्माण सम्पन्न पूर्वाधार अपाङ्गतामैत्री रहेको बताए।

त्यस्तै, रिङरोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको उनले बताए। उनले ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको जानकारी दिए। महानगर भित्रका अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले १० लाखसम्मको अक्षय कोष बनाएर काम अगाडि बढाएको उनले जानकारी दिए।

मेयर महर्जनले महानगरीय प्रहरी परिसर जावालाखेलसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती जडान भएका नगरभित्र सीसीटीभी जडान कार्य सूरु गरेको बताए। महानगरपालिका भित्रका ८१ हजार घरधुरीलाई सडक सञ्जालमा आधारित घर नम्बर वितरण गरिएको उनले बताए।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ०८ बजे