१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेपालसहित ८ देशका युवालाई भक्तपुरमा सामाजिक उद्यमशीलता तालिम



२५ चैत ०७८ , भक्तपुर । ग्रीसस्थित सोलिडारिटी ट्राक्सले नेपालसहित ८ देशका युवा प्रशिक्षकहरुलाई भक्तपुरमा सामाजिक उद्यमशीलताबारे तालिम दिएको छ।

संस्थाको सहयोगमा आआफ्नो देशमा सामाजिक उद्यमशीलताबारे परियोजना सञ्चालन गरिरहेका युवा प्रशिक्षकहरुलाई दोस्रो चरणको नौदिने तालिम दिइएको हो।

तालिममा नेपालसहित अर्जेन्टिना, ग्रीस, पोल्याण्ड, फ्रान्स, भारत, भियतनाम र स्पेनका १६ जना सामाजिक उद्यमी युवाहरुको सहभागिता रहेको थियो।

ग्रीसस्थित सामाजिक संस्था सोलिडारिटी ट्राक्सअन्तर्गत नै दुई वर्षअघि भक्तपुरमा ‘एस क्लव: युवा उद्यमी सामाजिक क्लव’ कार्यक्रमको पहिलो बैठक बसेको थियो। उक्त बैठकले सुरु गरेको युवा उद्यमशीलता कार्यक्रममार्फत परियोजना हात पारेका उद्यमशील युवाहरुलाई भक्तपुरमै दोस्रो चरणको तालिम दिइएको हो।

संस्थामा आवद्ध नेपालस्थित टोइट (टीओआईटी) संस्थाका अध्यक्ष इन्द्रप्रसाद खाइतूले ग्रीसमा भएको पहिलो चरणको तालिममा सहभागी सामाजिक उद्यमीलाई भक्तपुरमा दोस्रो चरणको तालिम दिइएको जानकारी दिए। उनका अनुसार सामाजिक उद्यमशील युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।