२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यस्ता छन् ललितपुर महानगरका मेयर पदका उम्मेदवार चिरीबाबुको संकल्प



१९ वैशाख, ०७९, ललितपुर । नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले महानगरको सांस्कृतिक सहरको परिचयलाई व्यापक बनाउँदै जनताको दैनिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा काम गर्ने संकल्प गरेका छन्।

सम्पदा र संस्कृति संरक्षण, स्वास्थ्य विमा, सुरक्षित, उज्यालो र बलियो सडक, सुशासन र जवाफदेहिता, भर्टिकल पार्किङ, प्रविधिसहितको संस्कारयुक्त शिक्षा, हस्तकला प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने मेयर पदका उम्मेदवार महर्जनले वाचा गरेका छन्।

यस्तै उनले सहरलाई उज्यालो बनाउने अभियानअन्तर्गत महानगरका सबै वडामा स्मार्ट सडक बत्ती जडान गर्ने बताएका छन् । चक्रपथमा स्मार्ट सडक बत्ती जडान गरेर चक्रपथलाई सुरक्षित बनाउने संकल्प गरेका छन्।

आफ्नो पहिलो कार्यकालमा महानगरको केही रूटमा जडान गरिएको स्मार्ट सडक बत्तीले सहर उज्यालो र सुरक्षित भएको उनको दाबी छ। पैदलयात्रीको सुरक्षालाई ध्यानमा राखेर उनले सडकमा पैदलमार्गलाई अनिवार्य गर्ने बाचासमेत गरेका छन्।

कालोपत्रे गरेको केही महिना भित्रै सडक भत्किएर हैरानी भोगिरहेका जनतासँग मेयर पदका उम्मेदवार चिरीबाबुले महानगरभित्रका सबै भित्री सडकलाई बलियो बनाउने वाचा गरेका छन्।

डेढ इन्च मोटाईको सडक छिटो नभत्कने बताउँदै अबको कार्यकालमा सबै वडामा यस्तै सडक बनाउने उनको उद्घोष थियो। उनको पहिलो कार्यकालमा डेढ इन्च मोटाईको ४५ किलोमिटर भित्री सडक निर्माण भएको छ।

स्थानीय तहको अधिकार क्षेत्रभित्र नरहेको ८ मिटरभन्दा ठूला सडकलाई आफ्नो अधिकार क्षेत्रभित्र ल्याउन प्रयास गर्ने वाचा उनले गरे।

महानगरभित्रका एक मूर्त र एक अमूर्त गरी दुई वटा सम्पदालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न काम थाल्ने उनले बताए। ९० सालको भूकम्पमा भत्किएर हालसम्म पुनर्निर्माण नभएका मठमन्दिरको पुनर्निर्माण गर्ने उनले बताए। वडा नं। १९ स्थित इटीटोलमा कामारूकामाक्षबाट श्री रातो मछिन्द्रनाथ ९श्री करूणामय पद्मपाणी० ललितपुर ल्याउन सहभागी भएका काठमाडौंका राजा नरेन्द्रदेव,भक्तपुरका तान्त्रिक देव बन्धु आचार्य र मछिन्द्रनाथ बोकेर ल्याउने ललित ज्यापूको शालिक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ५६ बजे