२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको मेयर : बालेन र स्थापितबीच कडा प्रतिस्पर्धा !



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र नेकपा एमालेका केशव स्थापितबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

अहिलेसम्म करिब ८ सय मत गनिसक्दा लौरोबाट उठेका बालेनले ३६३ मत ल्याएका छन्। उता नेकपा एमालेका केशव स्थापितले ३१५ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसकी सिर्जना सिंह २०८ मतसहित तेस्रो स्थानमा छिन्।

अर्कातिर विवेकशील साझाकी समीक्षा बाँस्कोटाले ६२ मत ल्याउँदा राप्रपाका मदनदास श्रेष्ठले ३९ मत ल्याएका छन्।

काठमाडौंका २३, ३, २ र १ नम्बर वडाको मतगणना भइरहँदा यहाँ बालेन र केशव स्थापितबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

अहिलेको अवस्थामा बालेन स्थापितभन्दा ४८ मतले अगाडि देखिएका छन्। जम्मा ३ लाख ५ सय ८४ मतदाता रहेको काठमाडौं महानगरमा एक लाख ९० हजार १ सय ७० मत खसेको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं महानगरको मेयर बन्ने दौडमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी ५४ जना प्रतिस्पर्धी मैदानमा छन्।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।