२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महाङ्कालमा मतगणना सुरु, काँग्रेसका केसी अघि, एमालेकी तामाङ पछि




३१ वैशाख ०७९, ललितपुर । केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि स्थगित भएको महाङ्काल गाउँपालिकाको मतगणना फेरि सुरु भएको छ ।
मतगणनाका क्रममा कतिपय मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि गणना स्थगित गरिएको थियो । उम्मेदवार र पार्टीका प्रतिनिधिसहित छलफलले हस्ताक्षर नभएकालाई बदर गर्ने सहमति भएपछि मतगणना सञ्चालन भएको हो । शुक्रबार राति १ बजेदेखि मत गणना सुरु भएकामा बिहान ७ बजे स्थगित भएको थियो । १७ मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो । .
महाङ्काल गाउँपालिकामा जम्मा नौ सय मत गणना हुँदा नेपाली कांग्रेसका गणेश केसीको अग्रता रहेको छ । केसीले ४१७, नेकपा एमालेकी कमला तामाङको ३२४ मत र उपाध्यक्षमा नेकपा माओवादीकी डोल्मा लामाले ३८५ र नेकपा एमालेका पुरुषोतम ह्ुमागाइँले २९२ मत ल्याउनुभएको थियो ।

वडा नं ६ ठूला दुर्लुङबाट मतगणना सुरु भएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका विनोद चौरेलले ३६९ मत र एमालेका रमण बञ्जाराले २९८ ल्याउनुभएको छ । महाङ्काल गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार छ सय मत खसेको छ । यो ७७ दशमलव ९६ प्रतिशत हो । राति अबेर मात्रै मतपत्र आएपछि गणना सुरु भएको थियो । ललितपुरका अरू पालिकाजस्तै महाङ्कालमा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनबाट निर्वाचनमा सहभागी छन् । हाल गणना भइरहेको वडामा भने नेपाली कांग्रेस र माओवादी छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : २७ बजे