२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘सत्यमोहन’ कृतिलाई उत्तम–शान्ति पुरस्कार



१ जेठ ०७९, काठमाडौं ।  संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ लाई २०७८ को उत्तम–शान्ति पुरस्कार प्रदान गरिने भएको छ । प्रत्येक वर्ष प्रकाशित भएका गैरआख्यान कृतिमध्ये उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । २०७८ सालमा प्रकाशित कृतिमध्ये ‘सत्यमोहन’ एक शताब्दी लामो इतिहासको आँखी झ्यालका रूपमा प्रेरणादायी साथै शैलीगत दृष्टिले रोचक कृति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो पुरस्कार कृतिका नायक व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशी र लेखक गिरीश गिरीलाई संयुक्त रूपमा हस्तान्तरण गरिनेछ ।

२०४४ सालमा साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी स्व। शान्ति कुँवरले स्थापना गरेको यो पुरस्कार उत्तम कुँवरको जन्म जयन्तिका अवसरमा जेठ १२ गते प्रदान गरिने ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले जानकारी दिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।