६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको कोज्योसोम अध्यक्षमा कृष्णमान लामा, उपाध्यक्षमा राजनप्रसाद घिमिरे विजय (नजिक)




ललितपुर खबर
२ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका कृष्णमान लामा र उपाध्यक्षमा गठबन्धन(नेपाली काँग्रेस)का राजन प्रसाद घिमिरे विजय नजिक पुगेका छन् ।
गाँउपालिकाकी निर्वाचन अधिकृत देविकुमारी चौधरीका अनुसार लगभग ४ सय मत गणना हुँदा अध्यक्षका उम्मेदवार गोपिलाल सिंतान र एमालेका कृष्णमान लामाको मतान्तर मात्रै छ ।
निर्वाचन अधिकृत देविकुमारी चौधरीका अहिलेसम्म गणना भएको मतमध्ये नेकपा एमालेका अध्यक्ष उम्मेदवार कृष्णमान लामाले २ हजार ९ सय ६९ मत पाएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपिलाल सिंतानले २ हजार २ सय ८८ मत पाएका छन् । ५ सय मत गणअघि अध्यक्ष र उपाध्यक्षको मतान्तर ६ सय ८१ रहेको छ ।
उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार राजनप्रसाद घिमिरे मत २ हजार ९ सय ९० मत पाएका छन् । नेकपा एमालेकी प्रतिश्पर्धी रनिता तामाङले १ हजार ९ सय ७१ मत पाएकी छिन् । उपाध्यक्षको मतान्तर १ हजार १९ रहेको छ । जवकी मतदान अधिकृत देविकुमारी चौधरीका अनुसार मत गणना गर्न लगभग ५ सय मात्रै बाँकी छ ।
यो अवधिका राप्रपा नेपालका गाँउपालिका अध्यक्ष उम्मेदवार मानबहादुर तामाङले १ सय २६ मत पाएका छन् भने उपाध्यक्षकी उम्मेदवार निर्मला लामाले १ सय ३९ मत पाएकी छिन्

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।