२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरको मतगणनामा एमाले अघि गठबन्धन पछि




३ जेठ ०७९, ललितपुर । महालक्ष्मी नगरपालिका ललितपुरमा नेकपा एमालेले अगाडि लागेको छ ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार वडा नं. १ र वडा नं. ९ को मतगणना अनुसार एमालेका हरिगोविन्द श्रेष्ठले ६ सय २९ मतले अघि लागेका हुन् ।
नगरप्रमुखका प्रत्यासी श्रेष्ठले १ हजार ९ सय ३० मतका साथ अग्रता लिएका छन् भने उनका प्रतिद्वन्दी एकिकृत माओवादी केन्द्रका शिव कट्टेलले १ हजार ३ सय १ मत प्राप्त गरेका छन् ।
१ र ९ वडामा राप्रपाका प्रविण खत्रीले १ हनार १२ र एकिकृत समाजवादीका नकुल थापाले ५ सय ९१ मत प्राप्त गरेर दोस्रो र तेस्रो स्थान कायम गरेका छन् ।
यसैगरी महालक्ष्मी नगरको उप प्रमुखमा पनि एमालेका बिनु सुवेदी केसीले ३ सय २२ बढी मत ल्याएर अग्रता कायम गरेकी छन् । एमालेकी सुबेदीले २ हजार ९५ र उनका प्रतिद्वन्दी गठबन्धनका काङ्ग्रेसकी उम्मेद्वार लक्ष्मी महर्जनले १ हजार ७ सय ७३ मत पाएकी छन् । राप्रपाकी उपप्रमुख रामदेवी महर्जनले ७ सय ८९ मत प्राप्त गरेकी छन् ।
महालक्ष्मीका १० वडामा १ नं. वडा र ९ नं. वडाको मतगणना सम्पन्न भएर ईमाडोलको महेन्द्र आदर्स माविमा वडा नं २ र १० मत गणना भईरहेको छ ।
महालक्ष्मीमा कुल मतदाता ३६ हजार ६ सय ६७ रहेकोमा २७ हजार ७ सय ४ मत खसेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ३२ बजे