१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी १० चापागाँउमा गठबन्धनका शेखर विजयी




ललितपुर खबर
४ जेठ ०७९, चापागाँउ । मध्यललितपुरको गोदावरी नगरपालिका १० चापागाँउमा शेखर न्यौपाने विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार गठबकन्धनका उम्मेदवार नेपाली काँग्रेसका शेखर न्यौपानेले १ हजार ५ सय ९७ मतसहित विजयी भए । उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका प्रकाश केसीले १ हजार ३ सय ६९ मत पाएका छन् ।
राप्रपाका राजकुमार बोहोराले ४८ मत पाएका छन् । निर्वाचित भएलगत्तै न्यौपानेका समर्थकले चापागाँउमा विजय जुलुस निकालेका छन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ०३ बजे