ललितपुर खबर
४ जेठ ०७८, चापागाँउ । गोदावरी नगरपालिका ११ मा लोकप्रिय मतसहित नेपाली काँग्रेसका नील बहादुर देशार निर्वाचि भएका छन् ।
निर्वाचन आयोगका अनुसार देशारले नेकपा एमालेका उम्मेदवार मिथुन महर्जनलाई १ हजार २ सय ४ मत धेरै ल्याएर विजयी भए । उनले २ हजार ४ सय २६ मत ल्याए भने नेकपा एमालेका मिथुन महर्जनले १ हजार २ सय ४ मत पाएका छन् ।
गठबन्धन नरहेको यस वडामा नेकपा माओवादीका भाग्यराम महर्जनले ४ सय ६८ मत पाए । राप्रपा नेपालका किशोर कायस्थले ३ सय ५४ मत पाए । मजदुरकिसान पार्टीका विनोद देशारले २८ मत पाए भने स्वतन्त्र उम्मेदवार उत्तम महर्जनले १३ मत पाएका छन् ।
४ जेष्ठ २०७९, बुधबार
0
Shares
प्रतिक्रिया