२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगर ५ नम्बर वडाबाट नेकपा एमालेको प्यानलै विजयी




४ जेठ ०७९,काठमाडौं । काठमाडौं महानगरपालिका ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६ सय ४७ मतले पछि पार्दै उनी आफ्नो प्यानलसहित विजय भएका हुन् ।
थापाले १ हजार १ सय ३८ मत पाएका छन् भने केसीले ६ सय ६६ मत पाएका छन् ।
त्यसैगरी सदस्यमा एमालेको तर्फबाट कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ विजय भएका छन् । महिला सदस्य सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजय भएका जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट महानगरको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा जनप्रतिनिधिको प्यानलै विजय भएका छन् ।
त्यसैगरी प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुख पदका लागि एमालेको उम्मेदवार सुनिता डङ्गोलले आफ्नो अग्रता कायम राखेका छन् ।
रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ०८ बजे