२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेको बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी



५ जेठ ०७९, काभ्रे । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चाँैरीदेउराली गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।
प्राप्त मतपरिणामअनुसार नमोबुद्ध नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्साङ लामाले ११ हजार २ सय ११ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका राजन भुर्तेलले पाँच हजार ८ सय २२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रत्नबहादुर लामाले आठ हजार १ सय ८७ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका सम्झना लामाले छ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् ।
उता चौँरीदेउराली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रेणुका चौलागाईँले छ हजार २ सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनको निकटतम प्रतिस्पर्धी एमालेका जीतराम लामाले पाँच हजार ४ सय ६३ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट कांग्रेसका शेरबहादुर लामाले सात हजार २ सय १९ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बविता खरेल गौतमले तीन हजार ५ सय ४९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी बनेपा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७ सय ९३ मत प्रात गरी विजयी भएका छ भने निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रञ्जितकारले ११ हजार ८ सय ३५ मत प्राप्त ग्े । उपप्रमुखमा भने नेकपा एमालेका विमला सापकोटा दाहालले ११ हजार ९९२ मत प्राप्त गरी विजयी भएकी छिन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का रघुवर चौप्रधानले १० हजार ५ सय १५ मत प्राप्त गरे ।
चौँरीदेउराली गाउँपालिका वडा नं. १ मा कांग्रेसका सुशील लामाले ४ सय २, वडा नं २ मा एमालेका छत्रबहादुर प्रधानले ४ सय ३१, ३ मा नेकपा (माओवादी केन्द्र)का चित्रप्रसाद चौलागाईँले ६ सय ६८, ४ मा नेकपा (माओवादी केन्द्र)का रामप्रसाद चौलागाईँले ६ सय ५९, ५ मा नेकपा (माओवादी केन्द्र)कै कृष्णप्रसाद गौतमले ८ सय ४६, ६ मा कांग्रेसका किशोरराज गिरीले ६ सय ७७, ७ मा कांग्रेसकै चन्द्रराज लामाले ७ सय ८९, ८ मा नेकपा (माओवादी केन्द्र)का धनबहादुर तामाङले ६ सय ३९ र ९ मा नेकपा (माओवादी केन्द्र)कै रामबहादुर लामाले ७ सय ४ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै नमोबुद्ध नगरपालिकाको वडा नं १ मा स्वतन्त्रबाट प्रेमबहादुर तामाङ ५ सय ५६, वडा नं २ मा कांग्रेसका कविराज श्रेष्ठले एक हजार ५५, वडा नं ३ मा कांग्रेसका रमेश तिवारीले ९सय ४२,वडा न ४ ं मा एमालेका अर्जुनबहादुर कार्कीले ५ सय ९४, वडा नं ५ मा कांग्रेसका सुरे तामाङले एक हजार १ सय ३, वडा नं ६ मा कांग्रेसका टीकाबहादुर केसीले ५ सय ३०, वडा नं ७ मा नेकपा (माओवादी केन्द्र)का धर्मसिं तामाङले ८ सय २३, वडा नं ८ मा एमालेका शेरबहादुर तामाङले एक हजार ७४, वडा नं ९ मा कांग्रेसका वीरबहादुर लामाले ६ सय ४५ मत, वडा नं१० मा नेकपा (माओवादी केन्द्र)का रामकृष्ण उपाध्यायले ५ सय ४१ मत र वडा नं११ मा एमालेका कृष्णबहादुर तामाङले ५ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी बनेपा नगरपालिका वडा नं १ एमालेका कमलप्रसाद घिमिरे ६ सय ६८ वडा नं २ मा कांग्रेसका रामप्रसाद घिमिरे ९ सय ७१,वडा नं ३ मा कांग्रेसकै रमेश दाहाल एक हजार २ सय ९१ मत, वडा नं ४ मा एमालेका श्यामसुन्दर श्रेष्ठ एक हजार २ सय २४, वडा नं ५ मा एमालेकै बलराम अधिकारी एक हजार ३५७, वडा नं ६ मा नेकपा (एकीकृत समाजदावी)का सचितानन्द केसीले ७ सय ६१, वडा नं ७ मा कांग्रेसका हिटलर शाक्यले एक हजार १ सय ६६, वडा नं ८ मा कांग्रेसका शुभलक्ष्मी मानन्धरले एक हजार ४ सय ४५ मत, वडा नं ९ मा कांग्रेसकै नृपेश बादेले एक हजार २ सय, वडा नं१० मा एमालेका चन्द्रबहादुर खड्का एक हजार १ सय २९, वडा नं११ मा एमालेकै शिवकुमार थापाले ६ सय ६६, वडा नं१२ मा एमालेका रामबहादुर कुँवर ७ सय ३, वडा नं १३ मा एमालेकै रामलाल दुवालले ८ सय ११ र वडा नं१४ मा कांग्रेसको टुल्कु लामाले ९सय ६६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।यसअघि नै जिल्लाका भुम्लु र खानीखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनकै उम्मेदवार विजयी हुनुभएको थियो । तेह्र वटा स्थानीय तहमध्ये अब बाँकी आठवटा पालिकामा मतगणना जारी छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : २३ बजे