९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महालक्ष्मीको छ वडामा एमाले, तीनमा काँग्रेस, एउटामा माओवादी विजयी (तथ्याङ्कसहित)



७ जेठ ०७९, ललितपुर । महालक्ष्मी नगरमा ६ वटा वडामा एमाले, तीन वटा वडामा नेपाली काँग्रेस र एउटामा नेकपा माओवादी विजयी भएका छन् ।
नगरपालिकाको ग्वार्को क्षेत्रमा रहेको वडा नं. १मा एमालेका वडाध्यक्ष् उममेदवार छिरिङ लामा विजयी भए ।इमाडोल बाहुन धारास्थित वडा नं. २मा एमालेकै उम्मेदवार ध्रुव केसीले बाजी मारे । इमाडोल भगवतीपाटी क्षेत्रमा रहेको वडा नं. ३मा एमालेका उम्मेदवार कुवेर केसी विजयी भ एभने इमाडोल कृष्णमन्दिर परिसरको वडा नंं ४मा एमालेका उम्मेदवार अमृत खत्री विजयी भए । वडा नं. ८ मा एमालेका विश्वराज श्रेष्ठ विजयी भए भने वडा नं. १० लाकुरी भञ्ज्याङमा यसै पार्टीका उम्मेदवार विजय लामा विजयी भए ।
वडा नं.६ सिद्धिपुरको नेतृत्व नेकपा माओवादीका स्थानीय नेता धर्म महर्जनको काँधमा परेको छ । नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार वडा नं. ५ टिकाथली हाइटमा कपिल केसी, वडा नं. ७ चाँङ्गाँथलीमा वावुराजा महर्जन, वडा नं.९ मा लामाटारमा जयकृष्ण बोगटी विजयी भए ।
गत २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका रामेश्वर श्रेष्ठ मेयरमा र निर्मला थापा उपमेयरमा विजयी भएका थिए ।
यस नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ र उपमेयरमा नेपाली काँग्रेसकी लक्ष्मी महर्जन विजयी भएका छन् । श्रेष्ठ ३ हजार ६ सय ९२ मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार श्रेष्ठले ९ हजार ३ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिश्पर्धी नेकपा माओवादी केन्द्रका शिव कट्टेलले ५ हजार .६ सय ५८ मत पाएका छन् ।
नगरकी उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भइन् । उनले ९ हजार ५ सय ९१ मत ल्याएसँगै विजेता भएकी हुन् । उनकी निकटतम प्रतिश्पर्धी नेपाली नेकपा एमालेकी विणा सुवेदीले ८ हजार ६ सय ८३ मतले विजयी भइन् । उनको विजेता महर्जनको भन्दा ९ सय ८ मत कम थियो ।
निकटतम प्रतिश्पर्धीसँगै नेकपा समाजवादीका नकुल थापा पनि प्रतिश्पर्धी देखिए । उनले ३ हजार ८ सय ९१ मत ल्याएका छन् । राप्रपा नेपालका प्रविण खत्रीले २ हजार ५ सय ९३ मत पाए । स्वतन्त्रमा उम्मेदवारी दिएका दिनेश प्रसाद सुवेदीले ५ सय ६६ मत पाए ।
यस नगरमा नेकपा माओवादी र नेपाली काँग्रेसबीच गठबन्धन गरिएको थियो । गठबन्धनको तर्फबाट नगरपालिकामा मेयरको उम्मेदवारी नेकपा माओवादीको भागमा परे अनुसार नेता शिव कट्टेल चुनावी मैदानमा आएका थिए ।
उपमेयर भने नेपाली काँग्रेसले पाए अनुसार स्थानीय नेतृ लक्ष्मी महर्जनको उम्मेदवारी परेको हो ।
यस पल्ट निर्वतमान मेयर रामेश्वर श्रेष्ठले मेयरको टिकट पाएनन । उता निवर्तमान उपमेयर निर्मला थापालाई पनि विभाजित एकीकृत समाजवादीले टिकट दिएन । एमालेले उपमेयरको उम्मेदवार विणा सुवेदी लाई दियो ।
नगरका वडाहरुमा गठबन्धनका नेताहरुबीच तीव्र प्रतिश्पर्धा थियो । स्थानीय नेताहरुले पाएको मतान्तरको अंक गणित यस्तो थियो :
वडा नंं १ (ग्वार्को)इमाडोल
छिरिङ लामा ७८९ विजयी (नेकपा एमाले)
मधुसुदन केसी ५६२ निकटतम प्रतिश्पर्धी(नेपाली काँग्रेस)

२.इमाडोल(वाहुनधारा)
ध्रुव खत्री ४४८ विजयी (नेकपा एमाले)
विक्रान्त केसी सुवेदी ३७१ निकटतम प्रतिश्पर्धी(नेपाली काँग्रेस)

३. इमाडोल(भगवतीपाटी)
कुवेर केसी ६६० विजयी (नेकपा एमाले)
सचिन घिमिरे ५८४ निकटतम प्रतिश्पर्धी(नेपाली काँग्रेस)

४.इमाडोल (कृष्णमन्दिर आसपास)
अमृत खत्री ११४५ विजयी (नेकपा एमाले)
दामु रोक्का ८५८ निकटतम प्रतिश्पर्धी(नेपाली काँग्रेस)

५.टिकाथली हाइट
कपिल केसी १२१६ विजयी (नेपाली काँग्रेस)
राजकुमार सिलवाल १११८ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

६. सिद्धिपुर
धर्म महर्जन १८९९ विजयी (नेकपा माओवादी)
उमेश महर्जन १०१३ निकटतम प्रतिश्पर्धी (नेपाली काँग्रेस)

७. वडा चागाथली
वावुराजा महर्जन ८८५ विजयी (नेपाली काँग्रेस)
भरत थापा ६९९ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

८.लुभु
विश्वराज श्रेष्ठ १५५० विजयी (नेकपा एमाले)
राजेन्द्रलाल श्रेष्ठ १५२१ निकटतम प्रतिश्पर्धी(नेपाली काँग्रेस)

९. लामाटार
जयकृष्ण बोगटी १६२० विजयी (नेपाली काँग्रेस)
देवेन्द्रप्रसाद पौडेल ९९७ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

१०. लाकुरी भञ्ज्याङ
विजय लामा ३१६ विजयी (नेकपा एमाले)
नेत्र बहादुर तामाङ २३९ निकटतम प्रतिश्पधी (नेपाली काँग्रेस)

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : ४२ बजे