९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


लुभुलाई टेक्स्टायल ग्राम बनाउन उद्यमीको आग्रह



१२ जेठ ०७९, ललितपुर । ललितपुरको लुभुलाई टेक्स्टायल ग्राम बनाउन उद्यमीहरुले नवनिर्वाचित महालक्ष्मी नगरपालिकाका मेयरसँग आग्रह गरेका छन् । महालक्ष्मी नगरपालिकाका नवनिर्बाचित नगरप्रमुख हरिगोबिन्द श्रेष्ठलाई बधाई तथा शुभकामना दिन पुगेका व्यावसायीहरुले सो आग्रह गरेका हुन् ।

नगरबिकासका लागि आफू सदैव उद्योगीहरुसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको मेयर श्रेष्ठले बताएका छन् । बिहिवार नवनिर्बाचित नगरप्रमुख श्रेष्ठलाई बधाई तथा शुभकामना दिन नगरपालिका पुगेका उद्योगीहरुले महालक्ष्मी नगरपालिकासँग ललितपुर उद्योग वाणिज्य संघ सहकार्य र हातेमालो गरेर सँगसँगै अगाडी बढ्न अपिल गरेपछि श्रेष्ठले सो विश्वास दिलाउने प्रयास गरे ।

नगरप्रमुख श्रेष्ठलाई बधाई र शुभकामना दिँदै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याच्छ्योले ललितपुरको हस्तकला टेक्स्टायल ग्रामलाई अगाडी बढाउन उद्योगीहरुलाई निरन्तर साथ सहयोग गर्नसमेत आग्रह गरे ।

नगरप्रमुख श्रेष्ठसँग उद्यागीहरुले नगरभित्र उद्योग व्यावसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । छलफल पश्चात नगरप्रमुख श्रेष्ठले नगरभित्र उद्योग, व्यावसाय र कलकारखानाको सम्भाव्यता अध्ययन र विकासका लागि आफ्नो नेतृत्व हरदम तयार रहेको बताए ।

बधाई कार्यक्रममा संघका अध्यक्ष मनोज बहादुर न्याच्छ्यो, निर्वतमान अध्यक्ष कृष्णलाल महर्जन, संस्थापक उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठ, उद्योग उपाध्यक्ष सुसन महर्जन, कोषाध्यक्ष भूमिनन्दन कर्माचार्यलगायतले निवर्तमान मेयर रामेश्वर श्रेष्ठको पालामा भएका सहमती र सहकार्यलाई निरन्तरता दिएर अगाडी बढ्न आगमी दिनमा हुने कार्यक्रमहरुमा उपस्थितीको लागि निमन्त्रणासहित शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ४ : ०४ बजे