२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रातो मछिन्द्रनाथको जात्रा: रथलाई बुधबार जावलाखेल लगिने



१६ जेठ ०७९, काठमाडौं  । रातो मछिन्द्रनाथको जात्राअन्तर्गत रथलाई बुधबार जावलाखेल लगिने भएको छ । जेष्ठ १८ गते बुधबार इटि टोलबाट उक्त रथलाई जावलाखेल लगिने भएको हो ।

जावलाखेलमा पुगेपछि हुने जात्रालाई सात गाउँको जात्रा वा सप्तग्राम जात्रा भनिन्छ । जावलाखेल लैजानका लागि रथ तान्न पहिलेपहिले सात गाउँका मानिस आउनुपर्ने भए पनि अहिले कोही आउने र कोही नआउने बताइएको छ ।

जावलाखेलमा जात्रा सकिएसँगै मछिन्द्रनाथको यो वर्षको जात्रा सकिन्छ । त्यसपछि देवतालाई बुङ्मति लैजाने गरिन्छ । देवता वर्षमा झण्डै आधाआधा समय पाटन र बुङमतिमा राख्ने गरिएको छ ।

उपत्यकाको सबैभन्दा लामो रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारण जात्रा नियमितरुपमा सञ्चालन हुन नसकेकामा यसवर्ष उत्साहकासाथ रथयात्रा भइरहेको गुठीका प्रमुख हरि सुवेदीले बताए ।

(* यसअघिको समाचार अन्यथा भएकोमा सच्याइएको छ- सम्पादक) 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : २५ बजे