६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगु नारायणमा विपद् व्यवस्थापन कार्ययोजना बनाउन मेयर खत्रीको निर्देशन




१७ जेठ ०७९, काठमाडौं । वर्षा याममा हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि नगरपालिकाको प्रभावकारीरूपमा विपद् व्यवस्थापन कार्ययोजना बनाउन चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले निर्देशन दिएका छन् ।
सोमबार चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा मेयर खत्रीले नगर क्षेत्रमा विभिन्न प्राकृतिक प्रकोपको जोखिम रहेकाले विपद्बाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्धार एवं राहत पुग्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
चाँगुनारायणका नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने र नगरपालिकाबाट प्रदान गरिने कामहरूलाई जनमैत्री बनाइने उनको भनाइ छ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।