९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको जिल्ला समन्वय प्रमुखमा ऋषिदेव, उपप्रमुख थिङ



१९ जेठ ०७९,ललितपुर । ललितपुरको जिल्ला समन्वय समितीका प्रमुखमा ऋषिदेव फुयाँल निविरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निविरोध निर्वाचित भएका हुन् ।
उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङको मात्रै उम्मेदवारी परेको छ । उनी पनि उपप्रमुखमा निविरोध निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन कार्यालय ललितपुरका निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ वटा पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध बताए । उम्मेदवारहरु निविरोध निर्वाचित भएको भए पनि घोषणा भने भइनसकेको बताए ।
उनले भने, ‘अपरान्ह १ बजे घोषणा हुन्छ । २ बजे शपथ ग्रहणको कार्यक्रम छ । उम्मेदवारहरु निविरोध भएको भए पनि निर्वाचन प्रकृया भने अझै बाँकी नै छ ।’
खुल्ला सदस्यमा कांग्रेसका हरिहर कार्की, दिनेश घोर्साइने र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन्। अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी,महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन,कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए ।
जिल्लाको ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । नेकपा माओवादीले वागमती,महाँकालको उपप्रमुख जितेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ८ : ५६ बजे