९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


खुमल्टारको क्याफेमा साकेला,नाच्ने र रमितेको भीड




१९ जेठ ०७९, ललितपुर । ललितपुरको खुमल्टारस्थित सेकुवा भिलेजमा भीड थियो ।क्याफेमा मात्रै होइन ढोकामा उभिएर रमिता हेर्ने पनि उत्तिकै थिए ।
यो भीड किराँतहरुको संस्कृती जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय तत्रतत्र देखिने गरेको छ ।
साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली आयोजना गर्ने गरेको बताउछन् ।
भन्छन्, ‘गाँउघरमा नाचिने यो नाच हराउने चिन्ता भो । शहरमा आएर सबैले विर्सेलान् भनेर सुरु गरेको ।’
१० वर्षदेखि आयोजना गर्दै आएका राई पहिले साकेला नाच्नेहरु थोरै हुने सम्झना गर्छन् । उनका अनुसार त्यसबेला क्याफेमा भीड हुदैनथ्यो । अहिले पघिल्लो दिन खबर गर्दा पनि भीडले बस्ने ठाँउ हुदैन ।


उनी भन्छन्, ‘उभौली र उधौलीमा क्याफेमा व्यापार पनि धेरै हुन्छ । तर मैले व्यापारका लागि होइन । साथीभाई संगै रमाइलो गर्दै कला र संस्कृती जोगाउनका लागि साकेला नाच सुरु गरेको हुँ ।’
उभौली नचाउने मुखिया कुमार राई नवीन २०४७ सालदेखि काठमाडौंमा साकेला नाच्न सुरु गरेको बताउछन् । उनका अनुसार ललितपुरको सानो हात्तीबनमा भूमि पूजा गरेपछि वैशाख पूर्णिमामा उधौली सुरु हुन्छ ।
४७ सालतिर ललितपुरको हात्तिवन र नखिपोट र काठमाडौंको शन्ति नगरबाट सुरु भएको साकेला नाच आजकल शहरको कुना कुनामा पुगेको छ ।
राई भन्छन्,‘हामीले सुरु गरेको साकेला नाच अहिले शहरको कुना कुना पुगेको छ । हामी भूमिको पूजा गर्छौ ।’

दक्षिण ललितपुरको वागमती गाँउपालिकाको सदरमुकाम भट्टेडाँडा छपेली क्षेत्र । राजधानीसँग जोड्ने पुरानो राजमार्ग कान्तिराजमार्ग यसै ठाँउ हुँदै गएको छ । पहाडी भुबनौटका कारण यो ललितपुरको दुर्गम ठाँउ हो । लेन्स ललितपुर खबर

©

साकेला नाच्नेमा बृद्धभन्दा तन्नेरीहरु ज्यादा थिए । डम्फु बचाएर कम्मर कर्माउदै नाच्ने युवा युवती हरु किरात भेषभुसामा सझिएका थिए । महिलाहरु नाक,कान कपाल र गला पहेलो नै हुने गरेर गहना लगाएका थिए ।
साकेला हेर्न आएका ऋषिश्वर राई आफू लामो समय विदेश बसेर आए पनि नाच्न भने नजान्ने बताउछन् । भन्छन, गाँउघरको नाचगान राम रमाइलो हेर्दा मज्जा आउछ । आफन्त भेटन र रमाइलो गर्न आएको हुँ ।
फेरिन थाले गरगहना
साकेलामा लगाइने गरगहना फेरिन थालेको पुजारी कुमार राई बताउछन् । उनका अनुसार पहिले पहिले सक्कली गर हगना लगाइन्थ्यो । नाक, कान,घाँटी, कपाल र गलामा छपप्कै छोपिनेगरि सुनका गहना लागइन्यो ।
तर पनिल्लो समय युवा पुस्ताले परम्परागत भेषभुसालाई अंगाल्ने गरे पनि गहना भने नक्कली लगाउने गरेका छन् । राई भन्छन्, ‘महँगीको जमाना आयो । किन्न गाह्रो छ । त्यसैले नक्कली नै चलन चल्तीमा आएको छ ।’
क्याफेका सञ्चालक राई पछिल्लो समय भएको साँस्कृतिक क्रान्तिका कारण किराँतहरुले गरहगना र भेषभुसालाई पछ्याएको बताउछन् । कपडा र गरहगना उही नै हो । आजकल कपडाको गुणस्तर चाही राम्रो छ । गरगहना चाँही धातुको प्रयोग हुन्छ । उनी भन्छन्,‘सुनभन्दा कम छैन हराएमा डर छैन ।’

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : २७ बजे