२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वर दुर्घटनाः ९ लाखमा मिलापत्र, आन्दोलन स्थगित



१९ जेठ ०७९, काठमाडाैँ ।  गोकर्णेश्वर नगरपालिकास्थित छहारी क्लब नजिकै भएको दुर्घटनामा मिलापत्र भएको छ । सोमबार बा.३ ख ५४३३ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक आङफुटी शेर्पाको ज्यान गएको थियो ।

महानगरीय प्रहरी वृत्त, बौद्ध घेर्न भोलि बिहान १० बजेदेखि थाल्ने भनिएको आन्दोलन स्थगित भएको छ । मृतक र बस समितिबीच क्षतिपूर्तिलाई लिएर भएको वार्ता मिलेपछि आन्दोलन स्थगित गर्ने भएका हुन् ।

यातायात व्यवसायी सञ्चालक समिति र पीडित पक्षका एक दर्जन सदस्य नौ लाख रुपैयाँमा मिलापत्र गर्न सहमत भएका हुन् । बिहान ११ बजेदेखि प्रहरी वृत्तमा बसेको बैठकले नौ लाख क्षतिपूर्ति र नाबालकको उपचार गर्ने सहमति जनाएपछि मिलापत्र हुन लागिएको हो ।

बैठकमा प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपाने, नेपाली काँग्रेसका नेता रामहरि खतिवडा,एमाले नेता कृष्ण राईको उपस्थिति थियो । समितिले प्रावधानमा उल्लेखभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने ढिपी कसेपछि पीडित पक्ष नौ लाख रुपैयाँमा सहमत भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनकी दुई वर्षीया छोरीको नेपाल मेडिकल कलेजको आइसीयूमा उपचार भइरहेको छ । मृतकको शव पाटन अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ६ : ०५ बजे