२८ जेठ ०७९, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ । उहाँलाई आज समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।
उहाँका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धारलगायत कोषलाई विविध क्षेत्रमा योगदान पु¥याउनका लागि तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो । तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको बताइएको छ ।
प्रतिक्रिया