२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पोलमा चढेर मानिस तारमा हिँड्न थालेपछि त्रिशुली थ्री ए तीन घण्टादेखि बन्द



२८ जेठ ०७९, काठमाडौं । बिजुलीको प्रसारण लाइनको पोलमा मानिस चढेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन तीन घण्टादेखि बन्द गरिएको छ।

नुवाकोटको शान्ति बजारमा रहेको माथिल्लो त्रिशुली थ्री ए उत्पादन गृहबाट काठमाडौं लगिएको २२० केभीको प्रसारण लाइनको पोल रहेको ककनी गाउँपालिका–७ बुधेनीमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि उत्पादन बन्द गर्नु परेको हो ।

माथिल्लो त्रिशुली थ्री ए का सहायक प्लान्ट प्रमुख विजयकुमार मिश्रका अनुसार शनिबार बिहान ११ः३० बजेबाट उत्पादन बन्द गरिएको हो। पोलमा चढेको मानिस विजुलीको तारसम्म नै पुगेकाले उसलाई ओलाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।