३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बिजुलीको तारमा चढेका माइलाको ९ घण्टापछि उद्धार



२८ जेठ ०७९, काठमाडौं । नुवाकोटको ककनीबाट दिनभरि हाइटेन्सन लाइनमा चढेका प्रेम बिक माइलालाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको हो । तामाङमा अनुसार हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए ।

नेपाली सेनाको उद्धारसँगै एक सन्की व्यक्तिले मच्चाएको बितण्डा समाप्त भएको छ । शनिबार बिहान १० बजे ककनी गाउँपालिका वडा नं ७ स्थित प्रसारण लाइनको पोलमा चढेका प्रेम बिक ‘माइला’ लाई दिनभर उद्धारको प्रयास गरिएको थियो।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरुले दिनभर गरेको उद्धारको प्रयास सफल हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालले समेत सेनाको मद्दत मागेका थिए ।माइला बिहान १० बजे नै ककनी नगरपालिका वडा नं ७ स्थित बिजुली पोलमा चढेका थिए। उनी तारमा चढ्दा ६० मेगावाटको आयोजना नै दिनभर बन्द भयो। बिहान १० बजेदेखि नै त्रिशुली थ्री ए जलविदुत आयोजना बन्द हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको थियो।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : ५८ बजे