३१ जेठ ०७९, काठमाडौं । बर्खा लागेसँगै काठमाडौंमा मेलम्चीको पानी आउन बन्द भएको छ । पानी आउन बन्द भएपछि सरकारले मेलम्चीको पानीको ठाउँमा अर्को तीन विकल्प रोजेको छ ।
मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले तीन विकल्पमा छलफल भइरहेको जानकारी दिनुुभयो ।
मन्त्री चौधरीका अनुसार सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ ।
प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री चौधरीले ‘मेलम्ची खानेपानी योजनाको विकल्प र पूरकको रुपमा मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको छ।’
प्रतिक्रिया