१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडामा मिल चलाउदा करेन्ट लागेर बजगाईको मृत्यु




ललितपुर खबर
१ असार ०७९, चापागाँउ । दक्षिण ललितपुरको वागमती ३ झाक्रिडाँडामा पिठो पिस्ने मिलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
भट्टेडाँडा प्रहरी चौकीका सई राजु नेपालीका अनुसार बुधबार विहान उनकै घरमा रहेको मिल चलाउने क्रममा रामहरि बजगार्ईंको करेन्ट लागेको थियो ।

यो घटना विहान ९ बजे तिर झाक्रिडाँडाको पोखरी चौरमा घटेको सई नेपालीले ललितपुर खबरलाई बताए ।

बजगार्ईंलाई करेन्ट लागेर गम्भिर घाइते अवस्थामा उपचारका लागि आनन्दबन अरुपताल टिकाभैरवमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको महानगरिय प्रहरी बृत्त चापागाँउले ललितपुर खबरलाई जानकारी दिएको छ ।
उनको शव पोष्ट मार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : १० बजे