३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको बस्तीदेखि विद्यालयसम्म डुबानमा



डुबानमा क्षेत्र निरीक्षण
वर्षाद्का कारण भक्तपुरको बस्ती, सार्वजनिकस्थल र विद्यालयहरु डुबानमा परेपछि क्षतिको विवरण लिन स्थलगत निरीक्षण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । तस्बिर : रमेश गिरीरासस

२ असार ०७९, भक्तपुर । दुई दिनदेखि भक्तपुरमा राति परेको भीषण वर्षाका कारण बस्ती, सार्वजनिकस्थल र विद्यालय डुबानमा परेका छन् । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीमा हरेक वर्ष डुबानमा पर्ने गरे पनि यस वर्ष भने असार सुरु हुने बित्तिकै भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका हुन् ।

हुनमन्ते खोलामा आएको बाढीले वडा नं ३ र ४ का विभिन्न ठाउँमा क्षति पु¥याएको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका–३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पु¥याएका क्षेत्रको आज निरीक्षण गरेका छन् ।

बाढीले भक्तपुर नगर ३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, राममन्दिरस्थित शान्ति निकेतनमा बाढी पसेर क्षति पु¥याएको छ । नगर प्रमुख प्रजापतिले बाढी प्रभावित क्षेत्र र विद्यालयको स्थलगत निरीक्षण गरेका छन् ।

स्थानीयले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनुपर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटोको व्यवस्था गर्नुपर्ने माग नगर प्रमुख प्रजापतिलाई गरेका छन् । नगर प्रमुख प्रजापतिले बाढीका कारण परेका समस्या क्षतिकाबारेमा आफूले जानकारी पाएको भन्दै समस्या समाधान गर्न नगरपालिकाले तत्काल आवश्यक काम गर्ने बताए ।

त्यसैगरी आज राति परेको वर्षाका कारण सूर्यविनायक नगरपालिका ५ ढुङ्ग्रे खोलामा बाढी आउँदा कटुञ्जेका खोला आसपासका नयाँ बस्ती डुबानमा परेका छन् । खोला बस्तीमा पस्दा यहाँका घरभित्र पानी पसेर क्षति पु¥याएको छ भने सडकमै खोला बग्दा आवतजावतमा समस्या परेको स्थानीय युवराज घिमिरेले जानकारी दिए ।

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ६ : ५१ बजे