१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट हराएका बालक भारतको पटनामा भेटिए



४ असार ०७९,  काठमाडौं ।   काठमाडौं महानगरपालिका ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट यही असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका छन्।
बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले असार २ गते प्रहरी वृत्त नयाँबानेश्वरमा हुलियासहित निवेदन दिएका थिए। खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी आएको र भारतीय प्रहरी अधिकृतको समन्वय र सहयोगमा पटना रेल्वे स्टेशनबाट उद्धारगरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ३४ बजे