८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर सानेपासहित उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि



९ असार ०७९, काठमाडौं ।  उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।

शुरूमा काठमाण्डूको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। आईसीयूमा रहेका उनिहरुलाई अहिले जेनरल वार्डमा सारिएको छ।

त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एकरएकजना बिरामी भेटिएको छ।

भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।

फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा हैजा गराउने जीवाणु पाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।