६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरको महाँकाल गाँउपालिका नाम फेर्दै



कालेश्वरको प्रवेशद्वारको रुपमा रहेको गोटिखेल बजार । तस्विर ः ललितपुर खबर

१२ जेठ ०७८, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ ।
गाउँपालिकाको गाउँ सभाको दशौं अधिवेशनले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रकृया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महाङ्काल बैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए ।
उनले भने,‘हामी यो प्रस्ताव प्रदेशमा पठाउछौं । प्रदेशले केन्द्रलाई पाठएपछि निर्णय हुन्छ ।’
धार्मिक सांस्कृतिक एवं पर्यटकीय हिसाबले पहिचान रहेकाले गाउँपालिकाको नाम संशोधन गरेर महाङ्काल बैतरणी कायम गर्ने निर्णय भएको अध्यक्ष केसीले बताए ।
दक्षिण ललितपुरको पर्यटकीय क्षेत्रको रुपमा परिचित महाकाँलमा कालेश्वर महादेव मन्दिर, बैर्तर्णी धाम र महाकाल मन्दिर र सिम्बा झरना रहेको छ । पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरुको बाक्लो उपस्थित हुने गरेको छ ।
पछिल्लो समय दक्षिण ललितपुरकै वागमती गाँउपालिकाको नाम नजिकै रहेको मकवानपुरमा पनि उस्तै नाम रहेको भन्दै नाम परिवर्तनको बहस जारी छ ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।