११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा थसिखेलबाट पक्राउ परे तिम्सिना



१४ असार ०७९, काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक हुन नक्कली शैक्षिक प्रमाणपत्र बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने माधव तिमल्सिना रहेका छन् । सहकारी क्षेत्रमा क्रियाशील उनले बोर्डको सदस्य हुन स्नातोकोत्तर गरेको शैक्षिक प्रमाणपत्र चाहिने भएकाले पाटन बहुमुखी क्याम्पसमा अध्ययन गरेको चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट किर्ते गरी बनाएर पेश गरेकाे उनीमाथि अाराेप लगाइएकाे  छ ।

मंगलबार ललितपुरको थसिखेलबाट पक्राउ गरी सम्वन्धित कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।