९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


भट्टेडाँडामा करेन्ट लागेर फेरि एक युवकको मृत्यु




३० असार ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिका ३ मैरे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको राडरमा इन्टरनेट जडानका क्रममा करेन्ट लागेर घाइते एक युवकको मृत्यु भएको छ ।
केही दिन पहिले भट्टेडाँडाकै झक्रिडाँडामा पिठो पिस्ने क्रममा स्थानीय पुरुष रामहरि बजगाईको मृत्यु भएको थियो ।
प्रहरी कार्यालय भट्टेडाँडाका अनुसार राडरमा इन्टरनेट जडानका क्रममा टेक्निसियन मिलन बोम्जनलाई करेन्ट लागको थियो ।
महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार टेक भाइन इन्टरनेट कम्पनीमा कार्यरत बोम्जन १९ बर्षिय युवक हुन् । सर्लाही स्थायी घर भएका उनी वागमती गाँउपालिका ३ भट्टेडाँडामा अस्थायी रुपमा बस्दै आएका थिए ।
उनलाई उपचारका लागि गोदावरी ६ टिकाभैरवस्थित आनन्दबवन अस्पतालमा उपचारका लागि लगिएकोमा मृत घोषित भएका थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १० : २२ बजे