९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


संसद भवनको छानाबाट पानी चुहियो, मर्यादापालकलाई सास्ती




ललितपुर खबर
५ साउन ०७९,काठमाडौं । बानेश्वरस्थित संसद भवनको छानाबाट पानी चुहिएको छ । छानाबाट बर्षे झरिमा निरञ्तर पानी चुहिदा सास्ती भएको संसद भवनमा काम गर्ने एक मर्यादापालकले बताए ।
उनले भने, बैठक बसीरहेको बेला पानी परे बाल्टी थाप्नुपर्छ । हामीले ३ वटा बाल्टी थापेर पानी फ्याक्ने गरेका छौं ।
उनका अनुसार संसद भवनको पश्चिम ढोकानजिकै सासंदहरु ओहोरदोहोर गर्ने बाटोमै पानी झर्ने गरेको छ ।
टायलको छाना रहेको यस भवनको ठाँउ ठाँउमा पानी झर्ने गरेको छ ।


पहिले यस्तो समस्या नरहेको र भुकम्पआएपछि टायल यताउता परेर समस्या आएको एक कर्मचारीले बताए । उनले भने, ठाँउ ठाँउमा भासिएको छ । मार्वल फुटेको छ । भवन मर्मन नगरि हुँदैन ।
संसद भवनको विकल्प नरहेको अवस्थामा तत्काल मर्मतको सम्भावना नरहेको उनको भनाई छ ।
सिंहदरवारस्थित संसद भवन निर्माण भइरहेको छ ।
चीन सरकारले अनुदानमा बनाईदिएको यो भवन विरेन्द्र अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको नामले परिचित छ । पछिल्लो १५ वर्षदेखि सरकारले सम्मेलन केन्द्रसँग भाडामा लिएर संसद बैठक चलाइरहेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : ४१ बजे