९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महानगरको घर नम्बर प्लेट जडान शुल्कको सर्वत्र आलोचना




ललितपुर खबर
६ साउन ०७९, ललितपुर । ललितपुर महानगरले नगरबासीको घरमा टाँस्ने घर नम्बर प्लेटको चर्को शुल्क लगाएपछि विवादमा आएको छ ।
महानगरले गतविहीबार एक दैनिक पत्रिका हरेक घरमा टाँसिएको घर नम्बर प्लेटकोृ १ हजार शुल्क उठाउने जानकारी दिएपछि सामाजिक सञ्जालमार्फत नगरबासीले विरोध गरेका हुन् । महानगरले चर्को शुल्कसँगै अग्रिम रुपमा सम्पती करसँगै असुल गर्ने भएपछि नगरबासीहरु आक्रोशित भएका हुन् । मुस्किलले १ सय रुपैयाँ लाग्ने घर नम्बर प्लेटको १० गुणा शुल्क असुल गर्ने निर्णय महानगरले गरेको हो ।
नगरबासीको विरोधपछि पछिल्लो समय अर्को सूचना प्रकाशित गर्दै महानगरले नम्बर प्लेट प्रकाशित गरेर गरेपछिमात्रै शुल्क बुझाउन सकिने जानकारी दिएको छ ।
दोश्रो पटक ललितपुर महानगरको मेयरमा निर्वाचित भएपछि मेयर चिरिबाबु महर्जनको यो निर्णयले आलोचित भएका हुन्

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ४१ बजे