५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको वक्तृत्वकला मूगुठीमा शाक्य चयन




८साउन ०७९, ललितपुर । बौद्ध वक्तृत्वकला मूगुठीमा बौद्ध व्यक्तित्व विश्वन्तर शाक्य चयन भएका छन् । उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति बनेको हो ।
ललितपुरको न्याखाचुकःमा सम्पन्न साधारण सभाले आगामी तीन वर्षका लागि शाक्यको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । शाक्य युवावर्गलाई लक्षित गरी बुद्ध धर्मको विकास र विस्तारमा साढे तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आएका छन् । बुद्धवाणी साप्ताहिकका सम्पादक समेत रहेका शाक्य बौद्ध युवा कमिटी ललितपुर र चिन्तनशील युवा समूहका संस्थापक हुन् ।
निर्वाचित भएपछि सभामा शाक्यले आफ्नो कार्यकालमा संस्थाको कार्यालय स्थापना, वर्षेनी वक्तृत्वकला सञ्चालनको लागि आर्थिक सुनिश्चित गर्दै अक्षयकोषको स्थापना गर्ने र सहभागीहरुको आकर्षणको लागि नगद पुरस्कार ५० हजार रुपैयाँ पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
‘यो समितिमाथि अरु बेला सुतिरहने र वर्षमा एकचोटी वक्तृत्वकला सञ्चालन गर्ने बेलामा जाग्ने गरेको आरोप छ। अब त्यसो हुन दिने छैनौं।यसका सरोकारवालाहरु समेटिएर वर्षमा कम्तीमा दुई वटा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने छौं।’ शाक्यले भने ।
वक्तृत्वकलालाई युवावर्गमा आकर्षक, लोकप्रिय, असरदार बनाउन सबैसंग समन्वय गरेर काम गर्ने पनि शाक्यको भनाई रहेको छ ।
त्यस्तै समितिमा निर्वतमान अध्यक्ष पूर्णराज शाक्य, उपाध्यक्षमा रविन्द्र शाक्य, महासचिवमा मदनरत्न तुलाधर, सचिवमा श्रमिक अवाले, कोषाध्यक्षमा गौतम शाक्य र सहकोषाध्यक्ष कर्ण शाक्य रहनुभएको छ।त्यस्तै कार्यसमिति सदस्यहरु सञ्चित बुद्धाचार्य, सुनीता मानन्धर,दीपक शाक्य, प्रशान्तदेव शाक्य, गौतम शाक्य र अमोवीर बज्राचार्य छन् ।
मूगुठी विसं २०५० सालदेखि हरेक वर्ष असार पूर्णिमाका अवसरमा पालैपालो सञ्चालन हुँदै आएको उपत्यकाव्यापी बौद्ध वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिसकेको संस्थाहरुको प्रतिनिधिमूलक संगठन हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ५९ बजे